उपत्यकामा आज राति ८ बजेपछि सवारी सञ्चालनमा रोक



काठमाडौँ उपत्यकामा आज साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी संचालमा रोक लगाइएको छ ।

जिल्ला प्रशासनले मङ्गलवार जारी गरेको आदेशमा निषेधाज्ञा भदौ ८ गतेसम्म थपेर बिहीबार देखी रातीको समयमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउने उल्लेख छ । अत्यावश्यकबाहेक अन्य सवारीहरू बेलुकी ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने भनिएको छ । यसबाहेक अन्य निषेध आदेशरतमा पुरानै आदेशहरूलाई निरन्तरता दिइएको छ ।

उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्विमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरू भने अझै बन्द रहने भएका छन् ।

निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरू भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।बुधवार मात्रै देशभर झन्डै ३५ सय कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ९ सय ६४ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्