कोरोना खोप लगाउन सुखीपुर नगरपालिका वडा १० मा  सर्वसाधारणको घुइँचो 



सिरहा लहान । विश्व महामारीको रूपमा फैलिँदै गएको कोरोना भाईरको जोखिमबाट बचन नेपाल सरकारले विभिन्न पालिकाहरूमा कोरोना खोप लगाउने शिविर सुरु गरेको छ ।

कोरोना कहरले विश्व नै आतङ्कित भएको देखिन्छ । सिरहामा १७ वटा स्थानीय तहहरुमा खोप लगाउने शिविर सञ्चालनमा रहेको छ ।
सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १० दहीपउरीमा एक दिने शिविर सञ्चालनमा रहेको वडा अध्यक्ष रामलखन महतोले जानकारी दिनु भयो ।

५० वर्ष उमेर नाघिसकेको वृद्धहरूलाई पहिलो चरणको खोप र दोस्रो चरणको खोप लगाउने भएको स्वास्थ्यकर्मी जितेन्द्र सिंह र पुनम कुमारी साहले जानकारी दिनु भयो । ५० वर्ष देखी ६० वर्ष उमेर समूहका व्यक्तिहरूले खोप लगाउन तत्परता देखाएका छन्। 

खोप लगाउन आएकी स्थानीय गुलाब देवी कोईरीनका अनुसार खोप लगाउन धेरै डराउने गर्थे तर लगाई सके पछि आफू सहज महसुस भएको छ।आफू उमेर समूहका सम्पूर्ण वृद्धहरूलाई खोप लगाउन आग्रह गरेका छन् ।

वडा अध्यक्ष महतोका अनुसार एक दिने शिविरमा करिब २ सय वृद्धहरूले खोप लगाउन जनसमुदायमा आग्रह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्