बाउनीपाटा(देउखुरी दाङ) । वातावरण र कृषिको क्षेत्रमा दाङमा काम गर्दै आएको नामसालिङ्ग सामुदायिक विकास केन्द्रले राप्ती गाउँपालिकाको सहकार्यमा जलवायु परिवर्तन अनुकूलन गाउँ निमाणको लागि काम सुरु गरेको छ ।
राप्ती गाउँपालिकाको वडा नं २ मा पर्ने बाउनीपाटा गाउँलाई जलवायु परिवर्तन अनुकूलन गाउँ निमाणको लागि काम सुरु गरिएको नामसालीङ संस्थाका कार्यक्रम संयोजक विनोद कुमार निरौलाले जानकारी दिनु भएको छ ।
पहाडी बस्तीको रुपमा रहेको बाउनीपाटा गाउँलाई पछिल्लो जलवायु परिवर्तनका कारण मानव जीवन, सामाजिक-आर्थिक विकास, कृषि उत्पादन, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको महसुस गरी सो क्षेत्रलाई अनुकूलित गाउँ निमाणको लागि काम सुरु गरिएको संयोजक विनोद कुमार निरौलाले बताउनु भएको छ ।
पछिल्ला वर्षहरूमा अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको अवस्थामा बाउनीपाटा गाउँमा बस्ने नागरिकलाई अनुकूलनका बारेमा जानकारी गर्दै जलवायु परिवर्तन अनुकूलन योजना समेत निर्माण गरी कार्यान्वयन ल्याइने नामसालीङ संस्थाका दाङ संयोजक शशाङ्क बाबु आचार्यले जानकारी दिनु भएको छ ।
बाउनीपाटा गाउँलाइ करिव ६ महिनाको प्रयासमा पुणर् अनुकूलित गाउँ निर्माण गरिने योजना सहित ७ सदस्यीय समिति समेत निर्माण गरिएको छ । समितिको संयोजकमा केयर सिंह तारन मगर सचिवमा सिता भण्डारी लाई चयन गरिएको छ । अनुकूलन योजना निर्माण समितिको सदस्यमा हेमकला पुलामी, छमा राना टेक बहादुर रखाल विर बहादुर मरसागंी मगर र हुमा बुढा मगरलाई छनौट गरिएको छ । जलवायु परिवर्तन अनुकूलन गाउँ निमाणर्का लागि वडा सदस्य पीमा गाहा मगरको समेत सहभागिता रहको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।