प्रधानमन्त्री देउवाले भने – एमसीसी सम्झौता लागू गर्न प्रचण्डले मानेनन्



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् ।  प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाले बताए।

काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरूको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएका थिए। निधिले भने पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्ने बताए।

बैठकमा काँग्रेस नेता जीवनबहादुर शाहीले चीनले सीमा मिचिएको तथ्य झुटो साबित भए राजनीति छोड्ने बताएका थिए। भेलामा प्रधानमन्त्री देउवाले भने, ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्।’

प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिँदै आएका छन् । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुमोदनको पक्षमा थिए । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्