लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य मन्त्रालयबाट बिदा भएका छन् ।
मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिएसँगै बिहीबार नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन् ।
नयाँ सरकार गठनको प्रक्रिया अघि बढेपछि कानुन मन्त्री आचार्यलाई कर्मचारीले बिहीबार बिहान मन्त्रालयबाट बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए ।
बिदाइ कार्यक्रम सकिएपछि सरकारी गाडी छोडेर आचार्य अटो रिक्सा चढेर मन्त्रालयबाट बाहिरिएका हुन् । अर्घाखाँचीबाट निर्वाचित एमाले सांसद आचार्यलाई मुख्यमन्त्री पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए । शिलापत्रबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।