शिल्पा शेट्टी र उनकी आमा सुनन्दामाथि करोडौं ठगीको आ’रोप



बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यति बेला पोर्नोग्राफी प्रकरण प्रहरीको हिरासतमा छन् । भने, शिल्पासँग पनि यसको विषयमा सोधपुछ भइरहेको छ ।

यता, लखनउकी एक महिलाले शिल्पा शेट्टीमाथि करोडौँ ठगी गरेको आ’रोप लगाएकी छन् । ती महिलाको आरोपपछि मुम्बई र युपी प्रहरीले छानबिन सुरु गरेको छ । लखनउ प्रहरीले शिल्पा र उनकी आमालाई प’क्राउ गरेको छ भने मुम्बई प्रहरी सोधपुछका लागि उनीहरूको घर पुगेको छ ।

लखनउका विभूति खण्ड प्रहरी स्टेसनमा ‘ओमेक्स हाइट्स’ निवासी ज्योत्सना चौहानले र हजरतगंज थानामा रोहित विर सिंहले शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीको विरुद्ध ठगी गरेको आ’रोप लगाउँदै उजुरी दर्ता गराएका छन् । हजरतजंग प्रहरीले सोधपुछका लागि दुवैलाई एक महिनाको सूचना जारी गरिदिएको छ ।

‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने नाममा शिल्पा र सनन्दाको कम्पनीका मानिसहरुले दुई व्यक्तिहरूसँग करोडौँ ठगी गरेको आ’रोप लागेको हो । पैसा लिएर अभिनेत्री र उनकी आमाले आफ्नो कसम पूरा नगरेको र कम्पनी ओपनिङमा समेत शिल्पा नगएको उनीहरूमाथि आ’रोप छ । 

उक्त कम्पनीका अध्यक्ष किरण बावाले भने इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै शिल्पा र उनकी आमाको यसमा कुनै हात नरहेको बताएकी छन् । उनका अनुसार शिल्पा र सुनन्दा धेरै समयअघि नै यो कम्पनीबाट छुट्टिएका थिए । यो कम्पनी आफ्नो सन्तानजस्तो भएको भन्दै उनले यसबारे भ्रामक समाचारहरू नफैलाउन आग्रह गरेकी छन् । 

विभूति खण्ड प्रहरीले सन् २०२० जुन १९ मा यस मामिलाको एफआइआर दर्ता गराएको थियो । यसमाथि कारबाही नभएपछि प्रहरीले सरुवा समेत भएको थियो ।  पति राज कुन्द्रालाई अश्लील भिडियो निर्माण र प्रसारणमा गएको जुलाई १९ तारिखमा प’क्राउ गरिएदेखि अभिनेत्री शिल्पा पनि कुनै न कुनै विवादमा फसिरहेका छन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्