माओवादी सांसद महतको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?



माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । उनले कुलमान घिसिङबाहेक राम्रो काम गर्ने मान्छे कोही नदेखेको टिप्पणी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कुलमानबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ? भनी प्रश्न गरेका हुन् ।

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे । 

उनले भने– ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त रु कुलमान बुढो भएपछि के गर्छ त सरकारले ?’ उनले भने । सांसद महतले विद्युत् प्राधिकरणबाहेक अरू सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिन उनले आग्रह गरे । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्