कपिलवस्तु- कृृष्णनगर सडक खण्डको काम बिचमा रोकिदा सडक जीर्ण बन्दै , नागरिकलाई सास्ती



कपिलवस्तु । हुलाकी सडक अन्तर्गत बन्न लगेको कपिलवस्तु —कृृष्णनगर  सडक खण्डको काम बिचमा रोकिदा कपिलवस्तुको तौलिहवा नयाँ टोल ,जिल्ला प्रशासन रोड,  बैक रोड , बहादुरगँज चोकको बाटो जीर्ण अवस्थामा पुगेको छ । 

वर्षायममा सुरु भएपछि सदरमुकामको विभिन्न  बाटोको काम बिचमा रोकिदा बाटोमा पानी जमेको छ लामो ट्राफिक जाम भइरहेको ,यसले गर्दा  ठुलो  दुर्घटना हुने  जोखिम बढेको सर्बसाधारणको गुनासो छ । हुलाकी सडकको कुल लगत २ अर्ब २३ करोड ७३ लाख ५ हजार रहेको  सडकको   ११ मिटर चौडाइ हुने  ३ वर्षमा  योजना हो । 

हुलाकी राजमार्ग सडक अन्तर्गत टेन्डर भएपछि काम सुरु गरेपछि शर्मा एण्ड शर्मा कम्पनीले साउनमा आएर हामी काम गरदैन भनेपछि विभिन्न बाटोहरू अलपत्र परेको छ , तौलिहवाको विभिन्न बाटो लामो ट्राफिक जामको समस्या भइरहेको स्थानीयाबासी गोपी  कृष्ण शर्माले बताए ।

हुलाकी सडक अन्तर्गत   बाटोको काम बिचमा रोकिदा कपिलवस्तु नगरपालिका विभिन्न बाटोहरू राष्ट्रिय बणिज्यबैकदेखि लिएर नयाँ टाल चोकमा खल्टा खुल्टी पानी जमेको हुँदा पानी दूषित समेत भइरहेको हुँदा डेगु रोगको खतरा समेत बढेको स्थानीयवासी ठाकुरले बताए हामी पटक पटक स्थानीय सरकारसँग भन्दा पनि व्यवस्था गरेको स्थानीयले बताए । यसले गर्दा दुर्घटनाको जोखिम समेत बढेको बताए 

वर्ष सुरु भएपछि हामी काम रोकेको  शर्मा शर्माको  ठेकेदार नवीन शर्माले बताए  । केही दिनमा काम सुचारु गर्नै बताए ।  यस विषयमा प्रमुख जिल्ला अधिकारी चक्रपाणि सँग कुरा गर्दा ठेकेदारले वर्षायममा काम नगर्नै जानकारी ठेकेदारले गराए । 

हुलाकी सडक ३ प्याकेजमा बन्ने पहिलो प्याकेज ०—१५ किलोमिटर  सम्म शर्मा एण्ड शर्माले   तौलिहवा देखि भागवानपुर बनाउने  , १५ देखि ३२ कि.मि लामा गोल्डेन शिव शाति, तेस्रो ३२ —५०.५ शर्मा एण्ड कम्पानी प्रा लि बनाउने राम कुमार देवले बताउनु भयो  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्