सैघाली खबर,
तुलसीपुर २ फागुण ।
तुलसीपरमा नयाँ डान्स स्टुडियो सञ्चालनमा आएको छ । बुधबार देखी तुलसीपुरमा नयाँ डान्स स्टुडियो सञ्चलनमा आएको हो । पछिल्लो लोप हुँदै गएको सस्कृति संरक्षण गर्नुका साथै डान्स क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्ने उदेश्यले डिजे डान्स स्टुडियो सञ्चालनमा ल्याईएको हो ।
तुलसीपुर ५ नयाँबसपार्कमा उक्त डान्स स्टुडियो सञ्चालनमा आएको हो । तुलसीपुर क्षेत्रमै सञ्चालन नभएका लिकर्स, वि–वोईङ पनि सिकाईने डान्स स्टुडियोका अध्यक्ष तेज वलीले वताए । उनका अनुसार कल्चर, वेश्टर्न, साल्सा, हिपपप, कन्टेम्पोरी, क्लासिकलगायतका डान्सहरु सिकाईने छ । भने नेपाल संस्कृति झल्कने खालका संस्कृतिको बारेमा पनि जानकारी गराईने छ । यसैबीच स्टुडियोको बुधबार एक कार्यक्रम गरि उद्घाटन गरिएको छ । अध्यक्ष तेज वलीले रिबन काटेर उद्घाटन गरेका हुन् ।
त्यस अबशरमा उनले पछिल्लो समय नेपाली संस्कृति लोप हुँदै गएको भन्दै त्यस्ता संस्कृति संरक्षण गर्न मद्धत पुग्ने समेत वताए । साथै ६ महिनामै उत्कृष्ठ डान्स गर्न सक्ने केहीलाई म्युजिक भिडियो खेल्ने अबशर पनि प्रदान गरिने उनले वताए । यस क्षेत्रमा हुने बिभिन्न मेला महोत्सबमा पनि संस्कृतिक प्रस्तुती राख्ने अध्यक्ष वलीले वताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।