कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारीलाई हिन्दु युवा शक्तिको दुर्गा पूजा सम्बन्धी ज्ञापनपत्र 



कपिलवस्तु । हिन्दु युवा शक्ति कपिलवस्तुले गणेश नेपाली सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

हिन्दु युवा शक्तिले हिन्दुलाई सङ्गठित गर्ने काम गर्दै आएको छ । हिन्दु धर्म माथि कुनै प्रकारको गलत क्रियाकलाप भएको खण्डमा चुप लागेर बसेको छैन । हिन्दु धर्मको संस्कारलाई विकास गर्नेको लागि सङ्गठन निरन्तर रूपमा काम गरिरहेको छ । 

सङ्गठनले धर्म माथि कसैले कुनै पनि प्रकारको गलत क्रियाकलाप गर्न कसैलाई छुट पनि रहेको छैन । हिन्दु धर्म रहेको विकृति विसङ्गतिलाई बिस्तारै बिस्तारै कम गर्ने अभियान पनि सञ्चालन गर्दै छ । 

बुझाएको ज्ञापन पत्र मा वर्तमान विश्व वैज्ञानिक भौतिक विकासको चरम सीमा पुगी सक्दा पनि समाज अहिले गरिबी ,बेरोजगारी , बिग्रँदो जनस्वास्थ्य सामाजिक धार्मिक , नागरिक  चेतना तथा लैङिगक भेदभाव जस्ता भनेको समस्याहरू जरो गाडेको छ ।

हिन्दु सनातन संस्कृतिको महान् चाडपर्व बडा दसैँमा दुर्गा भवानीको नौ दिवसीय साधन अनुष्ठान पूजालाई वैदिक विधि विधान अनुसार भजन कीर्तनका साथै वनाैषधीय जडीबुटी बाट निर्मित हवन सामाग्रीको साथै मेवा मिष्ठानलाई विशेष वैदिक मन्त्र द्वारा हवन ज्ञयको आहुति सत्य साहस सङ्गठन वीरता तथा सहकार्यको शक्ति जागरण गर्नको लागि प्रशासनद्वारा माग गरिएको छ ।

हिन्दु युवा शक्ति सङ्गठनले दसैँ तिहार पर्व  मनाउनका लागि आयोजना गर्ने कुरा नेपाल सरकार प्रशासन कार्यालय द्वारा निर्देशित  कोभिड १९ अचार सहित लाई ध्यान मा राख्दै जनमानसको अस्थाका चाडपर्वको वैज्ञानिक ढङ्गले आयोजना गरी वातावरण साधेन तथा यज्ञीय ऊर्जाबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि अात्माेन्नीत लगायत उल्लास युक्त वातावरण सृजना होस भन्ने अपेक्षा राख्दै चाडपर्व मनाउनको लागि सहजीकरण गर्ने वातावरण सृजना गरिदिन हुनको लागि विनम्रता का साथ हिन्दु युवा शक्ति कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय मा ज्ञापन पत्र दिइएको छ । 

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले भन्नू भयो  कोभिड १९ बाट कसरी बच्ने भन्ने कुरा सबै को कर्तव्य हो । प्रहरी र प्रशासनले अलि सचेत गराउन काम गरिरहेको छ । चाडपर्व मनाउने कुरा हामी पहिले जस्तै मनाउन गह्रौँ छ तर चाडपर्व लाई कसरी मनाउन राम्रो हुन्छ त्यसतर्फ ध्यान दिन जारु देखिन्छ । उहाँले भन्नू भयो कि  हामी छलफल पनि  गर्छौँ ।

हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डे , सचिव अभिषेक माणी यादव , प्रेस सल्लाहकार धनी राम कोरी , हिन्दु युवा शक्ति बुद्धभुमि नगर कमिटी अध्यक्ष सन्दीप पौडेल ,वरिष्ठ उपाध्यक्ष विवेक प्रताप राणा र सचिव अरुण तिवारीको सहभागीता रहेको थियो । गराउनु हाेला

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्