नेपाली कांग्रेसमा उम्मेदवार बन्न कति शुल्क तिर्नुपर्छ ? (सूचीसहित)



काठमाडौँ । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका उम्मेदवारहरूका लागि दरखास्त फारमको शुल्क तोकेको छ । वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क तोकिएको बताइएको छ ।

न्यूनतम वडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्मको प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस भएको नेताहरूले बताएका छन् । यसै गरी, सह महामन्त्रीका लागि २० हजार तोकिएको छ। यस्तै, केन्द्रीय सदस्यका लागि १० हजार तोकिएको छ।

यसै गरी, प्रदेश कार्यसमितिअन्तर्गत सभापति पदका लागि उम्मेदवारी १५ हजार, जिल्ला सभापतिका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको छ।

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि ५ हजार प्रस्ताव गरिएको छ भने केन्द्रीय महासमिति सदस्यका लागि ७ हजार प्रस्ताव गरिएको छ भने प्रदेश सभा क्षेत्रको सभापतिको उम्मेदवार बन्नका लागि ५ हजार प्रस्ताव गरिएको छ।

महानगरपालिका, उपमहानगरपालिका कार्यसमिति सभापतिका लागि ५ हजार उम्मेदवारी दर्ता शुल्क प्रस्ताव गरिएको छ। यसै गरी, गाउँपालिका सभापतिको २ हजार रुपैयाँ र वडा कार्यसमिति सभापतिका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
यस्तो छ प्रस्तावित शुल्कको सूची :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्