काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा धर्नामा उत्रने तयारी गरिरहेका शिक्षक शिक्षिका प’क्राउ परेका छन् ।
नेपाल शिक्षक महासङ्घको पूर्व घोषित आन्दोलनको क्रममा टंगाल माध्यमिक विद्यालयमा भेला भएका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। शिक्षक महासङ्घले ३४ सूत्रीय माग राखी आन्दोलन गरिरहेको छ ।
महासङ्घले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुटाउनुपर्ने, शिक्षण पेसालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रूपमा बढुवा गराइनुपर्ने, द्वन्दपीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्च मावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरू राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ । उनीहरूलाई मालिगाउँस्थित प्रहरी वृत्तमा राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।