भालुवाङमा निःशुल्क आँखा उपचार सुरु



भालुवाङ(देउखुरी दाङ) । राप्ती गाउँपालिका वडा नं १ को कार्यालयमा हरेक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सुरु भएको छ ।

लमही स्थित नेपाल नेत्र जोती सङ्घ लमही आँखा अस्पताल र राप्ती गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा उपचार सुरु गर्ने सहमति भए अनुसार विशिषज्ञ सहितको आँखा उपचार गरिने व्यवस्था मिलाइएको वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिनु भएको छ ।

हरेक महिनाको अन्तिम शनिवार निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुन गइरहेकोले बेलैमा आँखाका बिरामी हरुले सम्पर्क गरी उपचार गराउन  वडा अध्यक्ष तारा बहादुर डिसीले सबैमा अनुरोध गर्नु भएको छ ।

महिनाको अन्तिम शनिवार उपलध हुने सेवाहरुमा आँखा जाँच, चस्मा जाँच, चस्मा तथा औषधि, माइनर अप्रेसन तथा अन्य सेवा हरुरहेको बताइएको छ ।
यो साउन महिनाको अन्तिम शनिवार यहि ३० गते परेकोले आँखाका बिरामीहरुले वडा नं १ का कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्