काठमाडौँ । यही साउन १ गतेदेखि नेपाल प्रहरीको नयाँ तलब स्केल लागू भएको छ । प्रहरी सङ्गठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आइजिपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ । त्यस्तै सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बढाइएको हो ।
नेपाल प्रहरीका आइजिपी र एआइजीको तलब स्केल बराबर छ । जस अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तलब पनि ६६ हजार ८ सय ६० पुगेको छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) को तलब ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।
त्यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को तलब ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक (एसपी) को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ ।
त्यस्तै प्रहरी नायव उपरीक्षक (डिएसपी) को तलब ४९ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ ।
प्रहरी नायव निरीक्षक ९सई० को तलब ३८ हजार २ सय ५६ र प्रहरी सहायक निरीक्षक (असई) को ३५ हजार २ सय ४१ रुपैयाँ तलब कायम भएको छ ।
त्यस्तै, प्रहरी हवल्दारको २९ हजार ६ सय १७, प्रहरी जवानको २८ हजार ७ सय ३६, रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । त्यस्तै फलोअर्स, सयस सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १०औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।