अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा



एजेन्सी –  तालिबानले अफगानिस्तानको दोस्रो ठुलो सहर कान्धार आफ्नो नियन्त्रणमा लिएको छ । कुनै बेला तालिबानको गढ रहेका कान्धार पछिल्ला वर्षहरुमा उसको नियन्त्रणबाट अफगान सरकारले फर्काउन सफल भएको थियो । 

यो सहर कुनै समय तालिबानको महत्त्वपूर्ण पकड रहेको सहर थियो र रणनीतिक हिसाबमा पनि यो सहर निकै महत्त्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रूपमा लिने गरिन्छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत राति भएको ठुलो भिडन्तमा तालिबानले कन्दाहार सहरलाई नियन्त्रणमा लिएको छ ।

तालिबानले अहिले उत्तरी अफगानिस्तान र देशको एक तिहाइ क्षेत्रीय राजधानीहरूलाई नियन्त्रणमा लिएको छ । विद्रोहीहरूले नयाँ क्षेत्रहरू कब्जा गरी रहेका बेला अमेरिका र अन्य विदेशी सेनाहरू २० वर्षपछि फिर्ता भएका छन् । यसैबीच, अमेरिकाले दूतावासबाट आफ्ना कर्मचारीहरूलाई फिर्ता ल्याउन अफगानिस्तानमा झन्डै ३ हजार सैनिक पठाउने योजना बनाएको जनाएको छ ।

अमेरिकाले काबुलको एयरपोर्टमा सेना पठाउन लागेको हो । दूतावासका कर्मचारीलाई विशेष उडानमार्फत फिर्ता ल्याउन लागिएको अमेरिकाले जनाएको छ ।
बेलायतले भने छोटो समयको आधारमा करिब छ सय सैनिकहरू तैनाथ गरिरहेको जनाएको छ । साथै चीन, अमेरिका, भारतसहितका राष्ट्रहरूले युद्ध विराम गर्न आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्