एनटीभीमा छानबिनको माग गर्दै पत्रकार महासङ्घद्वारा सञ्चार तथा सूचना प्रविधि सचिवलाई ज्ञापन पत्र



काठमाडौँ । नेपाल टेलिभिजन कोहलपुर चैनलको अनियमित कार्यहरू बारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिवलाई जानकारी गराउने उद्देश्यका साथ ज्ञापन–पत्र बुझाइएको छ ।

पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका सचिव जयसिंह के सीसहितको प्रतिनिधि मण्डलले शुक्रवार ज्ञापन पत्र बुझाउँदै तत्काल प्रमुखले गरेका कार्यहरूका छन्।

कोहलपुर प्रसारण केन्द्रका प्रमुखले समबेशी कार्यक्रम अवध दर्शन तथा कृषि कार्यक्रम बन्द गरी आफ्नो आसेपासेलाई प्रश्रय दिँदै आएका छन् । ‘ज्ञापन पत्रमा पश्चिम नेपालमा सूचना प्रसारण तथा समाजमा जागरूकता फैलाउनका लागि सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले कोहलपुर चैनल सञ्चालन गर्दै आएको कुरा यहाँलाई अवगत नै छ ।

विगत केही दिन देखी उक्त चैनलको प्रमुखको रूपमा कार्यरत व्यक्तिको क्रियाकलाप अत्यन्त राजनीतिक भएको निजले निम्नलिखित कार्य गरिरहेकोले आवश्यक कार्यवाहीको माग गर्दछु’ भनी ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा ‘निजको तहले चैनल प्रमुखको योग्यता पुग्दैन चैनल प्रमुख दस तहको हुनुपर्ने अहिले आठ तहको रहेको, मनोमानी ढङ्गले लेखा, प्रशासनमा करार कर्मचारी भर्ना गरेको, कार्यक्रम निर्माणमा समबेशी भावना नराखेको, प्रदेश सरकारका लागि निर्माण गरेको कार्यक्रमको पारिश्रमिक आन्तरिक खर्च मापदण्डहरू भन्दा बढी गर्ने गरेको, सरकारी श्रोत साधनको दुरुपयोग गरेको, समाचार प्रस्तुतिमा राजनीतिकरण गरेको, अतः निज माथि आवश्यक छानबिन गरी अविलम्ब कार्यवाहीको माग गरिएको छ’ उल्लेख गरिएको पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका सचिव के सीले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्