‘मलाई शेरबहादुर देउवा मनपर्छ’ भिडियो तत्काल बन्द गर्न प्रधानमन्त्रीको निर्देशन



नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रचारका लागि सामाजिक सञ्जालमा आइरहेको भिडियो बन्द गर्न निर्देशन दिएका छन् ।
निजी निवास बुढानीलकण्ठमा शुक्रवार जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सचिवालयले ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने…’ शीर्षकमा जारी गर्दै आएको भिडियो शृङ्खला बन्द गर्न निर्देशन दिइसकेको बताएका हुन् ।

केन्द्रीय सदस्य धनराज गुरुङले भिडियोबारे प्रश्न गरेपछि देउवाले भने ‘मैले उक्त भिडियो बनाउनेलाई रोक्न रोक्न भनिसकेको छु, अब उप्रान्त यस्तो भिडियो आउँदैन ’तपाईँ ढुक्क हुनुस् ।”

प्रधानमन्त्री शेरबहादुर देउवाकै सचिवालयबाट देउवा मलाई मन पर्छ भन्दै भिडियोहरू सार्वजनिक भएका थिए । उक्त किसिमका भिडियोहरूलाई लिएर नेपाली काँग्रेसमा चर्को आलोचना भइरहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्