काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरूलाई दिइने अभिमुखीकरण तालिम पुनः बन्द हुने भएको छ। काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले रात्रिकालीन निषेधाज्ञा लगाएसँगै रोजगारीमा जानेहरूलाई दिइने अभिमुखीकरण तालिम पुनः बन्द हुने भएको हो।
कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको भन्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले साउन २८ गतदेखि भदौ ८ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेका छन्। उक्त आदेशसँगै अभिमुखीकरण तालिममा रोक लाग्ने भएको हो।
वैदेशिक रोजगार ऐन अनुसार श्रम स्वीकृतिका लागि शरीर उपस्थित भई बायोमेट्रिक हाजिरीका आधारमा तालिम लिनुपर्ने बाध्यता छ। तर तालिम नै लिन नपाउने भएपछि विदेश जान श्रम स्वीकृति प्रक्रिया नै अवरुद्ध हुने देखिएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।