टप फिचर

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

By Thaha - Online

August 14, 2021

रोल्पा । रोल्पामा भएको एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका वडा नं. २ मा बिहान साढे ३ बजेतिर स्मृति अस्पताल प्रा.लिको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

चालक रोल्पा कोर्चवाङका ३७ वर्षका ओमप्रकाश पुनको मृत्यु भएको रहेको इलाका प्रहरी कार्यालय घर्ती गाउँले जनाएको छ ।

भैरहवाबाट कोर्चवाङ शब पुराएर फर्कने बेला शहीद मार्ग सडक खण्डको माडी-२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झन्डै ६ सय मिटर तल खसेको छ ।