सिनर्जी सुवेदी जेभी द्धारा १० शैयाको अस्पताल सिराहाको सन्हैठामा निर्माणका हुने सिनर्जी सुवेदी जेभी द्धारा १० शैयाको तीन तल्ले सुविधायुक्त अस्पताल निर्माण हुँदै निर्माणको गुणस्तरीय काममा सिनर्जी सुवेदी जेभी कम्पनीको देश भरी ब्यापक चर्चा गुणस्तरीय काम गरेर अग्रसर हुँदै सिनर्जी सुवेदी जेभी कम्पनीको देशभरी ब्यापक चर्चा महेश सिंह सिराहा लहान ३० श्रावण -सिराहाको सिराहा नगरपालिकाको वडा नम्बर – १९ सन्हैठा पुरानो चौकमा अस्पतालका लागी तीन तल्ले सुविधायुक्त भवन बन्नेभएको छ । १० शैयाको अस्पताल निर्माणका लागि नगरपालिकाले सिनर्जी / सुवेदी जेभी काठमाडौँलाई ठेक्का दिएको हो ।
नगरपालिकाका नगर – प्रमुख अशेश्वर प्रसाद यादवले शुक्रवार बिधिबत रूपमा भवनको शिलान्यास गरेको थियो। वडा अध्यक्ष गोपाल प्रसाद यादव ,प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव,इन्जिनियर उमेश यादव,ठेक्का कम्पनीको तर्फबाट निर्माण व्यवसायीका अधिकारी प्रतिनिधि दीपेन्द्र ठाकुर लगायत स्थानीय बुद्धिजीवी ,समाजसेवीको संयुक्त रोहबरमा सिल्यनास गरिएको नगरपालिकाले जनाएको छ । सरकारी स्वामित्वमा रहेको करिब१६ कट्ठा क्षेत्रफलको जग्गामा भवन निर्माण कार्य सुरु गरिएको छ । २०७८ असार २० मा २ वर्षमा काम सम्पन्न हुने गरी ठेक्का कम्पनीलाई नगरपालिकाले ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रुपैयाँको लागतमा भवन निर्माण गर्न सम्झौता गरिएको छ ।
करिब ९ हजार स्क्वायर फिटमा बन्ने भवनमा बाउन्ड्रीवाल , अपाङ्ग मैत्री र् याम्प ,५० हजार लिटरको ओभर हेड ट्याङ्की,डिप बोर्डिङ तथा साइट डेभलोपमेन्ट सहितको सुविधा सम्पन्न १० शैयाको तीन तल्ले भवन निर्माण गरिने नगरपालिकाले जनाएको छ। गाउँहरुको अनुसार अब गाउँमै अस्पताल बन्ने भए पछि खुसी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।