सानिमा लाइफ इन्स्योरेन्सको आईपीयो बाँडफाँड



काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको आईपीयो बाँडफाँड भएको छ। कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक सेयर शनिबार बिहान बाँडफाँड भएको हो।

सानिमाको आइपीओमा २४ लाख १९ हजार ८ सय ४८ जनाको आवेदन दिएका थिए। त्यसमध्ये २३ लाख ८ हजार १ सय २२ योग्य आवेदन परेको कम्पनीले जनाएको छ। कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गरिएको छ।

योग्य आवेदकहरु मध्येबाट ५ लाख ४० हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन्। त्यस अनुसार १७ लाख ६८ हजार १२२ जना आवेदकले कम्पनीको पाएनन्। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म आईपीयो निष्काशनमा ल्याएको थियो।

आइपिओ रिजल्ट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्