लखनथापाको १ सय ४१ औं स्मृति दिवस



 

गिरिराज नेपाली
घोराही , २ फागुन । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले जनताको न्याय र राष्ट्रको मुक्ति लागि आहुती दिने अमर शहिदहरु योगदान लाई राष्ट्रले सधैव कदर गर्नुपर्ने बताउनुभएको छ । नेपाल मगर संघ दाङले बुधवार घोराहीमा आयोजना गरेको शहिद लखन थापाको १४१ आंै स्मृदि दिवस प्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।

नेपाल मगर संघ दाङका अध्यक्ष शितलाल पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्एता एवं नेपाल मगर संघका केन्द्रिय सदस्य सावित्रा राणको विशिष्ट आतिथ्यताका सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चौधरीले राज्यले शहिदहरुको समान कदर सम्मान गर्न नसकेको आरोप लगाउनुभएको थियो । मुलुकले राणा र राजाको शासन व्यवस्थाको अन्त्य गरी जनताको शासन व्यवस्था लागु हुदा सम्म पनि शहिदहरुले सम्मान पाउन नसकेको उहाँले टिप्पणी गर्नुभयो । उहाले भन्नुभयो – ‘लखन थापा जहानिय राणा शासन मुक्तिकै लागि ज्यान गुमाए , तर उनलाई राज्यले चिन्ह धेरै कन्चुस गरेकै हो । ’

जसका कारण मुलुकको सिङगो जनजातीहरुले अपमानको अनुभुती गर्नुपरेको थियो । उहाँले भन्नुभयो– ‘ राणा र राजा विरुद्धमा मुलुकमा हजारौले ज्यान गुमाए जसले गर्दा जनता आफ्नो शासन अधिकारको अनुभुती सकेको बताउदै उहाँले भन्नुभयो– ‘राज्यले शहिद दिवसमा विभेद गर्नुहुदैन । ’ सवै शहिदहरु सम्मान व्यावहार गरिनुपर्छ । जसका लागि जनता नै एकतावद्ध भई शहिद दिवसका दिन सवैका शहिदका नाममा सार्वजानिक विदा बन्दोबस्त राज्यले गरिनु पर्ने उहाँले बताउनुभयो । शहिदहरुको त्याग र बलिदानकै कारण आज मुलुक संघिय र समृद्धिको बाटोमा गई जनताले आफ्नो अििधकारको अनुभुती गर्न सकेकाले शहिदहरुले गरेको बलिदान सधैब सवैले कदर सम्मान गरिनुपर्ने उहाँले बताउनुभयो ।

प्रमुख चौधरीले घोराहीको लखन थापा पार्क लाई लखन थापाकै नाममा स्थायीत्व बनाउने प्रयास घोराही उपमहानगरपालिकाले प्रयास गर्ने थापाको सम्झनामा वर्षेनी वजेटको व्यवस्थापन गरी शहिद थापाको स्मृति दिवस लाई सभ्यता पूर्ण सरकारी क्षेत्र वाट वर्षेनी मनाउन सकिने उहाँले प्रतिवद्धता समेत जनाउनुभएको थियो ।

संघकी उपाध्यक्ष दिल कुमारी वुढाको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण डिल्ली घर्तीले गर्नुभएको थियो । त्यस्तै उक्त अबसरमा साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्