करोडौँ ठगी गरेर युरोप फरार भएका युवकलाई पोर्चुगल पुगेर प’क्राउ गरेर नेपाल ल्याइयो



काठमाडौँ । नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका एक व्यक्तिलाई प्रहरी प’क्राउ गरेर नेपाल ल्याएको छ । 
काभ्रे जिल्ला भुम्लु गाउँपालिका १ का ४३ वर्षका केदार ढुङ्गानालाई पोर्चुगल प्रहरीको सहायतामा पक्राउ गरी नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

ढुङ्गानाले तत्कालीन इनडीइपी डेभलपमेण्ट बैङ्क (हालको देव: विकास बैङ्क) सहित अन्य कयौँ व्यक्तिलाई ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान ब्युरोमा (सीआईबी) मा परेको थियो । ढुङ्गानाको गिरोहलाई बैङ्कले विभिन्न पटक गरी करिब २ करोड रुपैयाँ ऋण दिएको थियो ।

उनि बिरुद्ध २०७५ मङ्सिर २१ मा देव विकास बैङ्कको दुई करोड ७१ लाख ७६ हजार रुपैयाँ कर्जा हिनामिना गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

त्यसपछि जिल्ला अदालत ललितपुरले उनीसहित १२ जनालाई नक्कली कागजातका आधारमा ऋण लिएर लिखतसम्बन्धी कसूर अभियोगमा दोषी ठहर गर्दै १ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

त्यसपछि प्रहरीले गत वैशाखमा इन्टरपोलमा नोटिस जारी  गरेको थियो । पछिल्लो समय यूएईबाट पोर्चुगल पुगेका ढुङ्गानाले पोर्चुगलमा आवास अनुमति लिन आवेदन दिएको सूचना पाएपछि नेपाल प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर प’क्राउ गरिएको बताएको छ । प’क्राउ परेका ढुङ्गानामाथि आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्