मलेसियामा कार्यरत नेपाली युवतीको मृत्यु



दोहा। मलेसियामा उपचाररत रहेकी नेपाली महिला श्रमिक नुवाकोटको पञ्चकन्या गाउँपालिका घर भएकी सन्जिता थिङ तामाङको शनिवार मृत्य भएको छ। वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

२६ वर्षीय तामाङको टाउकोमा पानी जमेको थाहा भएपछि गरिएको उपचार सफल हुन नसकेपछि उनको क्वालालम्पुरस्थित स्थानीय टोङसिङ अस्पतालमा मृत्यु भएको बताइएको छ।

तामाङ विगत २ वर्षदेखि क्वालालम्पुरको नेपाली रेष्टुरेन्ट ‘मेरी बास्सै’ मा कार्यरत थिइन्। शवलाई उनी कार्यरत रेस्टुरेन्टसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरेर नेपाली पठाइने मलेसियास्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्