हाइटी । हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३ सय ४ जनाको मृत्यु भएको छ । ७ दशमलव २ म्याग्निट्युडको भूकम्पबाट पश्चिमी भेगका कम्तीमा दुई ठुला सहरमा तहसनहस हुँदा कम्तीमा ३ सय ४ जनाको मृत्यु हुनुको साथै १ हजार ८ सय भन्दा बढी मानिस घाइते भएका छन् ।
लेस कायेस र जेरेमिन दुई सहरमा ठुलो क्षति भएको बताइको छ । अमेरिकी भौगर्भिक सर्वेले भूकम्पको इपीसेन्टर राजधानी पोर्ट(आउ(प्रिन्सदेखि १ सय २५ किलोमिटर टाढा भएको जनाएको छ ।
क्यारेबियन मुलुक हाइटीको दक्षिण पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर आएको विनाशकारी भूकम्पमा परेर हजारांैं भौतिक संरचना क्षतिग्रस्त भएको जनाइएको छ।
भूकम्पका कारण भवनहरू भग्नावशेषमा परिणत भएसँगै भयवित स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको त्यहाँको सरकारले जनाएको छ। १० किलोमिटर गहिराएको भूकम्पको धक्का एक सय किलोमिटर टाढा जमैकासम्म महसुस गरिएको थियो । भूकम्पपछि त्यहाँका मानिस घर छोडेर सुरक्षित स्थानतर्फ गएका छन् भने सुनामीको चेतावनी पनि दिइएको छ।
प्रधानमन्त्री एरियल हेनरीले भूकम्पले ठुलो क्षति भएको भन्दै एक महिना लामो सङ्कटकालको घोषणा गरेका छन् । हाइटीमा सन् २ हजार १० मा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उनले हाइटीमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।