काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो।
बैठकमा नेताहरूको कार्य विभाजनलगायत विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टलाई सोमबार बस्ने स्थायी कमिटी बैठकले व्याख्या गरी निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।
आइतबार बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।