आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थल नआउन अनुरोध



काठमाडौँ । कोरोना जोखिम तीव्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ ।

साथै स्वदेश तथा विदेशबाट आउने जाने आफन्तजनलाई बिदाइ र स्वागतमा पनि बन्देज लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालयले सूचना निकालेर कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि सो अनुरोध गरेको हो ।  

अत्यावश्यक अवस्थाबाहेक विमानस्थल प्रवेश नगर्न पनि कार्यालयले अनुरोध गरेको छ । कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्न भन्दै विमानस्थलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरेको मापदण्ड पालन गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । 

प्राधिकरणले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि विमानस्थलमा विमानस्थल आवतजावत गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, शरीरको तापक्रमको मापन गराएर टर्मिनल भवन प्रवेश गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा रहँदा भिडभाड नगरी साङ्केतिक पाइला पछ्याउनुपर्नेजस्ता मापदण्ड पालना गर्न पनि अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्