वन्द अवज्ञा गरेको भन्दै ढुंगा प्रहार



देउखुरी
३०-जेठ/

bandd3

पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले आह्वान गरेको एक दिने राप्ती वन्दको अवज्ञा गरेको भन्दै राप्ती गाउँपाली का वडा नं. ३ मा एउटा कारमा ढुंगा प्रहार गरेका छन् ।

ढुंगा प्रहारको कारण कारको पछाडी भागमा सामान्य क्षती पुगेको ईलाका प्रहरी कार्यालय भालुवांगले जनाएको छ । घोराही वाट सुपादेउराली जाँदै गरेको बा ८ च ९५१६ नम्वरको कारमा विप्लवका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका थिए ।

घटनामा संलग्न ब्यक्तिहरुको खोजी जारी राखीएको ईलाका प्रहरी कार्यालय भालुवांगका प्रहरी प्रमुख रविन्द्र खड्काले जानकारी दिनुभएको छ । वन्दको कारण पूर्व पश्चिम महेन्द्र राजमार्गको भालुवांग र लमही क्षेत्रमा गाडीहरु अलपत्र परेका छन् । अलपत्र गाडीहरुलाई गन्तब्यमा पु¥याउन स्कटींग गर्न थालीएको छ ।

आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरी प्रशासनले बिना कारण गिरफ्तार गर्ने, झुट्टा मुद्दामा फसाएको, अनावश्यक रुपमा सोधपुछ ÷खानतलासी गर्ने गरेको भन्दै पक्राउ परेका कार्यकर्तालाई बिनाशर्त रिहाईको माग गर्दै बन्दको आव्हान गरेको जनाएको हो । प्युठानबाट १० जना, रोल्पाबाट १४ जना, दाङबाट ३ जना, रुकुमबाट १४ जनालाई प्रहरीले हिरासतमा राखेको पार्टीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्