सैघाली खबर
काठमाडौं,३ फागुन
आज देखी दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को सम्पूर्ण तयारीका पुरा भएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ। महोत्सव मुल आयोजक समीतीले आज पत्रकार सम्मलेन गरि महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।पत्रकार सम्मेलनमा वोल्दै महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले महोत्सवमा निगरानीका लागी महोत्सव परिसरमा भित्र र वाहीर गरि ९ वटा सि सी क्यामरा जडान गरीको महोत्सव मुल आयोजक समीतीले जनाएको छ।
महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भु्सालले महोत्सव स्थलमा ९ वटा सीसी क्यामरा जडान गरी महोत्सवका हरेक गतीविधीलाइ सचिवालयमै वसरे निगरानी गरिने वताउनु भयो । । महोत्सव स्थललाइ सुरक्षीत व्यवस्थीत वनाउन पनी यस कीसीमको प्रविधीले सहयोग पुर्याउने वताउनु भयो विगतका महोत्सवहरुमा वाहीर वाट आएका व्यापारीक स्टलहरुमार्फत उपभोक्ताहरुलाइ कमसल र गुणस्तर सामान दिने गरेको गुनासो आउने गरेको प्रती यसपटक आयोजक समीती सजक रहेको वताउदै संयोजक भुसालले त्यस्ता गुणस्तरहिन सामाग्रीहरु विक्री वितरणका लागी नराखीने पनी वताउनु भयो ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को व्यापारीक र आर्थीक संकलन गर्ने उदेश्य नभइ स्थानीय उत्पादन र लघु उद्यमको प्रवद्र्धन तथा विकासका लागी भएको महोत्सव मुलआयोजक समीतीले जनाएको छयस वर्षको महोत्सवको नारा उद्योग व्यापार कृर्षि एवं पर्यटनको विकास परनिभर मुखी अर्थतन्त्रको निकास दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रदर्शनी २०७४ भव्य रुपमा सफल पारौ तय गरिएको छ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को प्रमुख अतीथी उपराष्ट्रपती नन्द वहादुर पुनले विहान ११ वजे उदघाटन गर्ने महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनु भएको छ।
महोत्सव उदघाटन अघि आज विहान साढे १० वजेदेखी घोराहीको ट्राफीक चोकवाट विभीन्न वाजागाजा झाँकी सहीतको सोभायात्रा निकालीने पनी आयोजक समीतीले जनाएको छ। महोत्सव मुलआयोजक समीतीले आज हुने शोभायात्रा कार्यक्रममा आआफनो टोलविकास संस्था समुह र समुदयाको भेषभुषा झल्कने गरि झाँकी सहीत उपस्थित हुन पनी आयोजक समीतीले दाङवासी मा आग्रह गरेको छ।
महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रीया , यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन , योग शिवीर तथा धार्मीक प्रवचन नेपालको सवैभन्दा होची महीला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट, स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु मगर नेवार मुस्लीम , यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रीय कलाकारहरुको प्रस्तुती, विषयगत विज्ञहरुवाट पर्र्यटन , कृर्षि पशुपालन प्रशोधन वजारीकरणका विषयमा जानकारी एवं प्रशीक्षण दिइने, खुल्ला वाल कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता, वक्तृत्वकला प्रतीयोगीता लगाएतका साहीत्यीक कार्यक्रमहरु,जोडी नृत्य,प्रतीयोगीता,प्रदशेस्तरीय डोको लोकनृत्य प्रतीयोगीता सारङगी वाद्ययवाधन प्रतीयोगीता ओम नमस्ते ट्रेडलींक दंगाली तारा गायन प्रतीयोगीता प्रत्यक दिन केन्द्र तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने पनी आयोजक समीतीले जनाएको छ।
यसैगरी महोत्सवमा महिला उद्यमीहरुका लागी होजीयारी,झोला वुनाइ, अल्लोसम्वन्धी तालीम, गुडीया वनाउने जस्ता विभीन्न कीसीमका तालीमहरु पनी निशुलक रुपमा दिइने आयोजक समीतीले जनाएको छ।यसैगरी वालउद्यानमा वालवालीकाका मानोरञ्जनका विभीन्न आइटमहरु समेत राखीएको छ।
महोत्सवको अवलोकनका लागी विद्यार्थीहरुलाइ ३० रुपैया , अन्य व्यक्तीहरुका लागी ५० रुपैया को टिकट सुल्क निर्धारण गरिएको छ। यसपटक महोत्सवमा ४०० रुपैयाको पेइङ टिकटको समेत व्यवस्था गरिएको महोत्सव मुलआयोजक समतिीले जनाएको छ। उक्त रकमको टिकट लिने व्यक्तीलाइ विशेष प्रकारको पासको व्यवस्था गरिने र उक्त पासले महोत्सव अवधिभर महोत्सवको अवलोकन गर्न पाइने व्यवस्था समेत गरिएको छ। यसैविच महोत्वका लागी नेपालकी सवैभन्दा होची महीला २४ वर्षीय इश्वरी माया छिनाल समेत महोत्सव स्थलमा आइपुगेकी छन । महोत्सव स्थल घोराही उपमहानगरपालीका वर्डा न ५ कृर्षि सामाग्री संस्थानको प्रागण रहेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।