जिल्ला डीसीएमसीको बैठक सम्पन्न



बझाङ । जिल्ला डीसीएमसी (DCMC)को बैठक बसेको छ । आज एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो । जिल्ला समन्वय समितिका संयोजक खडक बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी जय पृथ्वी नगरपालिका मेयर वीरेन्द्र खड्का छविस पाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामी जिल्ला सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो । 

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले विध्यार्थीहरुको पढाइमा बाधा पुगेको भन्दै सबै विद्यालयका शिक्षकहरूलाई आआफ्नो विद्यालयमा उपस्थित हुदै शिक्षालाई कसरी अगाडी बढाउन सकिन्छ सोचविचार गर्न अनुरोध गरिएको हो । जिल्ला अस्पतालका अनुसार पहिलेको भन्दा कोभिड नियन्त्रण भएको भन्दै डाटामा देखा परेको भन्दै अझै सुरक्षाका मापदण्ड पालना गर्दै अगाडी बढ्न अनुरोध गरिएको छ । 

अहिले सम्म जिल्लामा रहेका सबै प्रकारको कोभिड खोप करिब ४० हजारले लगाई सकेको बताउँदै अव रहेको ८ हजार डोज पनि चाडै स्थानीयमा लगाइने अस्पतालको भनाई थियो । सँगै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार अव जिल्ला अस्पतालले जिल्ला प्रशासन कार्यालय बझाङ लगायत विभिन्न सेवालीने सबै स्थानमा सुरु गर्न अनुरोध गरेका हुन । 

आज बसेको बैठकले अत्यावश्यक कामका लागी स्वास्थ्य मापदण्ड अप्नाउदै काम गर्नु पर्ने, बिहान ७ बजे देखि बेलुकी साँझ ७ बजे सम्म समय हेरेर पशल सञ्चालन गर्नु पर्ने, भिडभाड हुने गरी कुनै पनि कार्य नगर्ने,साँझ ७ बजेपछि सबै पशल बन्द गर्ने ,जात्रा मेला पर्व विभिन्न भिडभाड हुनेगरि कार्य नगर्ने, २५ जना भन्दा बढी जन्ती भोजभतेड नगर्ने,भन्दै अव २०७५।५।१७ गते सम्म लकडाउन थपिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्