थप २२१२ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ सङ्क्रमितको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार १०६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८६७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ६ लाख ८२ हजार ६८२ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३३ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्