म्हैपीमा ७ दिनअघि व्यापारीको साथबाट यार्सागुम्बा लुट्ने ७ जना प’क्राउ



म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह प’क्राउ परेको छ । यार्सागुम्बा आ’रोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौँका विभिन्न ठाउँबाट ७ जनालाई प’क्राउ गरेको हो । प’क्राउ पर्नेमा बझाङ घर भएका ३४ वर्षीय धर्म ओखेडा, दोलखा घर भएका ३२ वर्षीय मनोजकुमार श्रेष्ठ, रामेछापका २७ वर्षीय दीपक थापामगर, काभ्रे घर भएका २७ वर्षीय विशाल लामा र २३ वर्षीय योङ्देन लामा रहेका छन् । भारत घर भएका ३७ वर्षीय काश्मीर अबुपाकर र रामेछापको दोरम्बा घर भएका २२ वर्षीय रोशन श्रेष्ठलाई पनि प’क्राउ गरिएको महानगरीय अ’पराध महाशाखाले जनाएको छ ।

यार्सागुम्बा खरिद गर्ने बहानामा जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भई हाल  बौद्ध बस्ने दीपक लामा र जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ६ घर भई हाल  स्वयम्भू बस्ने सुरेश सापकोटासँग रहेको १ किलो यार्सागुम्बा गोङ्गबु मित्रनगरस्थित होटलमा अपरिचित व्यक्तिहरूको समूहले डर, धाक, धम्की दिई लुटेर भागेको उनीहरूले दाबी गरेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ७ किलो ४ सय ४० ग्राम यार्सागुम्बाका साथै मोबाइल थान-८बरामद गरेको छ । सिन्धुपाल्चोक घर भएका दीपक लामा र सुरेश सापकोटालाई साउन २४ मा ‘१ किलो यार्सागुम्बा २८ लाखमा किन्छौँ’ भनेर गणेश शाहीले फोन गरेर गोङ्गबुमा बेलाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्