काठमाडौँ। नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलन आउँदो असोज ८ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीले आउँदो असोज ८, ९ र १० गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
यो राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, नयाँ नेतृत्व निर्वाचित गर्ने, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय समिति उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनु भयो ।
उपाध्यक्ष बस्नेतले २२औँ राष्ट्रिय सम्मेलनमा सात सय ९९ मात्रै प्रतिनिधि रहने उल्लेख गर्नु भयो । उहाँले यो सम्मेलन सम्पन्न गर्नका लागि आउँदो भलौ १५ सम्ममा इकाइ क्याम्पस, पालिका भेला गरिसक्ने, भदौ २५ सम्म जिल्लाहरूको भेला र भदौ २५ देखि असोज १ गतेसम्म प्रदेश भेला गरिसक्ने बताउनु भयो ।
अखिल क्रान्तिकारीले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नारालाई प्रमुख एजेन्डा बनाएर अघि बढ्ने पर्ने बताउनु भयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।