चन्द्रौटा । कोभिडको जोखिम कायम रहिरहँदा मास्क प्रयोग गर्नेहरूको सङ्ख्या भने घट्दै गएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत कामना सेवा विकास बैङ्कको शाखाले वडा प्रहरी कार्यालय चन्द्रौटाको सहयोगमा सर्वसाधारणलाई मास्क वितरण गरेको छ । चन्द्रौटा चौकमा रहेका पैदल यात्रु , सवारी चालक , सवारीमा सवार यात्रु लगायतलाई मास्क प्रयोग गर्न सचेत गराउन चन्द्रौटा ट्राफिक प्रहरी बिट कामना सेवा विकास बैङ्क चन्द्रौटा शाखाले संयुक्त रुपमा मास्क वितरण गरिएको चन्द्रौटा शाखाका प्रमुख अनीश लुइँटेलले बताए ।
कार्यक्रममा मास्क नलगाएकालाई कोभिडको जोखिम रहेकाले अनिवार्य मास्क प्रयोग गर्न सचेत गराइएको वडा प्रहरी कार्यालयका चन्द्रौटाका प्रमुख शङ्कर प्रसाद आचार्यले बताए । कोभिड १९ को जोखिम रहिरहेकाले भिडभाडमा जाँदा ,सार्वजनिक स्थानहरूमा जाँदा कोभिडबाट जोगिन अनिवार्य मास्क लगाउन आवश्यक रहेकाले सचेत गराइएको र मास्क तथा गल्पस वितरण गरिएको प्रमुख आचार्यले बताए । बैङ्कको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै मास्क तथा गल्पस वितरण तथा सचेतना मूलक कार्यक्रममा आफूहरूले सहकार्य गरेको कामना सेवा विकास बैङ्क चन्द्रौटा शाखाका प्रमुख लुइँटेलले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।