कोइलीबाट बेपत्ता पौडेलको शव चौथो दिन फेला



कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका ९ कोइली खोलाले बगाएर बेपत्ता पुरुष पशुपति पौडेलको शव फेला परेको छ । अर्घाखाँची धारा पानीका अन्दाजी ४० वर्षीय पशुपति पौडेल बिहीबार नदी तर्ने क्रममा कजवे पुलमाथि आएको बाढीले बगाएर बेपत्ता भएका थिए । पौडेलको शव महाराजगन्ज नगरपालिका वडा ८ सिराहा स्थित बाणगंगा नदिकाे किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

वि.अाे.पी. हर्दाैना का सशस्त्र प्रहरी निरीक्षक कमलेश कुमार महतो को कमान्डर र हर्दाैना प्रहरी चौकी का प्रहरी नायव निरीक्षक दीपक बस्यालको संयुक्त टोलीले शवलाई नदि बाट बहिरा निकालेर सनाखत गरी नेपाल प्रहरी को टोलीले करिब ४ बजेको शवलाई पोस्ट मार्टमकाे लागि जिल्ला अस्पताल तौलिहवा लगिएको वि.अाे.पी. हर्दाैना का सशस्त्र प्रहरी निरीक्षक कमलेश कुमार महतोले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्