सलहेश फूलबारीलाई जोड्ने नयाँ कृषि सडक विवादास्पद चरित्र हत्या गर्न साह माथि मुद्दाको आरोप



सिराहा लहान ३१ , साउन । सिराहाको लहान नगरपालिका वडा नम्बर – २२ मा रहेको सलहे फुलवारीलाई जोड्ने नयाँ कृषि सडक अहिले विवादास्पद बनेको छ । सोही ठेगाना स्थायी बसोबास गर्ने रामबृक्ष साहलाई प्रतिवादी बनाई ( नव निर्मित नयाँ बाटोमा ) जग्गा पर्ने तीन जना जग्गा धनिले मिति २०७७ चैत्र २७ गते सिराहा जिल्ला अदालतमा मुद्दा दिएको छ । करिब आधी किलो मिटर लम्बाई र १५ फिट चौडाइको नव निर्मित सडक लहान नगरपालिकाले निर्माण गरेको हो । तिनै जनाले जिल्ला अदालत सिराहामा दिएको मुद्दामा मेरो चरित्र हत्या गर्ने प्रयास भएको साहले बताए ।

सडकले आम जनतालाई फाइदा गर्ने छ भन्दै उनले भने -`नवनिर्मित कृषि सडकको नजिक मेरो स्कुल छ , तर मेरो स्कुलमा साबिक देखि नै बाटो छ, उक्त नव निर्मित बाटोले मलाई मात्र व्यक्तिगत फाइदा गर्दैन , सबैलाई फाइदा गर्छ । , उनीहरूले अतिक्रमण गरी बनाएको कच्ची सडक बाटो खुलाई समेतको विषयमा मुद्दा दिएको हो ।

साहले व्यक्तिगत पाइँदाका लागी सो सडक निर्माण गरेको उनीहरूको आरोप छ । मुद्दा दायर गर्नेहरूमा जिल्ला सिराहा लहान नगरपालिका वडा नम्बर -२२ बस्ने झौली साह , लहान – ४ कि बिभा कुमारी यादव र लहान – ३ कि कपिलेश्वरी देवी रहेको रामबृक्ष साहले पत्रकार सम्मेलनको आयोजना गरी बताएका छन् । दिएको मुद्दा पूर्ण रूपमा राजनीतिक षड्यन्त्र रहेको र उक्त आरोपमा सत्यता नरहेको उनले दाबी गरे ।

मेरो स्कुलको उत्तर पट्टि टाँसेर उक्त सडक निर्माण भएको हुनाले , मलाई इङ्गित गरी उनीहरूले म माथि झुटो आरोप लगाइएको उनले बताए । स्कुलको बाटो साबिक देखि नै छ , उक्त बाटो देखि स्कुल कुनै सरोकार राख्दैन साहले फेरी दोहर्‍याए । सरोकारवाला निकायलाई स्थलगत रूपमा आई सत्य तथ्य छानबिनका साथै न्यायका लागी आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्