सैघाली खबर
काठमाडौं,३ फागुन
एमाले अध्यक्ष केपीशर्मा ओली आज मुलुकको ४१ औँ प्रधानमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । ओलीलाई नेपालको प्रधानमन्त्रीको रुपमा दिउँसो चार बजे सपथग्रहण गराउने कार्यक्रम तय गरिएको शीतल निवास स्रोतले जनाएको छ । एमाले पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बिहान ९ बजे एमाले र माओवादी केन्द्रका शीर्ष नेताले ओलीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी गरेपछि घोषणा गर्ने र चार बजे सपथ ग्रहणको समय तोकिएको जानकारी दिनुभयो ।
गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको दाबीगर्न लागेको हो । हिजो बसेको एमाले र माओवादी केन्द्रको एकता संयोजन समिति बैठकले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि आज राष्ट्रपति समक्ष दाबीगर्ने निर्णय गरेको थियो । पार्टी एकताका बाँकी काम टुङ्ग्याउन आज फेरि एकता संयोजन समितिको बैठक बस्ने निर्णय हिजो भएको थियो ।
एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीनवर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।विगतमा संसद्बाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति सम्बन्धी व्यवस्था गरेको छ।संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीयदलको नेता, त्यो नभएदुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्तगर्ने व्यवस्था छ।२ सय७५ सदस्यीय संसद्मावाम गठबन्धनका पक्षमा १ सय ८४ सिट छ। सरकार गठनका लागि १ सय ३८ सिट चाहिन्छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।