रुपन्देही । पर्वत रुपन्देही सेवा समाजको एघारौँ पूर्ण बैठक मिति साउन ३० गते आइतबार बुटवलमा सम्पन्न भएको छ ,समाजका अध्यक्ष श्री रामकृष्ण शर्माको अध्यक्षता बसेको उक्त बैठकले गरेका केही महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ ।
१) स्थानीय पालिकाको अधिवेशन आगामी मङ्सिर मसान्तसम्म गर्ने ।
२) प्रत्येक पालिका मार्फत तत्काल सदस्यता नवीकरण तथा वितरण गर्ने । साधारण सदस्यता शुल्क रु ५००/ कायम गरिएको छ ।
३) संस्थाको अा ब २०७७/७८ को हिसाबकिताब फरक फरक तथा अनुमोदन गर्ने गराउने । लेखा परीक्षण गराउने तथा संस्थाको नवीकरण गर्ने ,त्यसको जिम्मेवारी सचिव श्री सागर बस्याल र कोषाध्यक्ष श्री टेकराज शर्मालाई दिने निर्णय गरेको छ ।
४) क्यालेन्डर विज्ञापन रकम उठ्न बाँकी रहेकोले तत्काल पहल गर्ने र भुक्तानी गर्ने ।
५)निष्क्रिय पालिकाहरूमा पदाधिकारी तथा सचिवालय सदस्य खटाउने ।
६) शान्ति बाटिकाको लागि तत्काल डिपीआर तयार गर्ने र अरू प्रक्रिया तत्कालै सुरुआत गर्ने ।
७)डायरी प्रकाशन प्रक्रियालाई तत्काल अगाडि बढाउने र समयमै सम्पन्न गर्ने भएको छ । कार्यक्रम पर्वत रुपन्देही सेवा
समाजका सल्लाहकार श्री बेल प्रसाद शर्माको आतिथ्यतामा सम्पन्न बैठकमा स्वागत उपाध्यक्ष श्री लेखनाथ भट्टराई तथा सञ्चालन महासचिव श्री मिना न्यौपानेले गर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।