राप्ती क्षेत्रको मुख्य सडकको पछिल्लो अवस्थाको बारेमा अनुगमन



राप्ती क्षेत्रको मुख्य सडकको पछिल्लो अवस्थाको बारेमा अनुगमन गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको आग्रहमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुख सहितको टोलीद्वारा भालुवाङ देखी सिङे क्षेत्रको सडक बाटोको अवस्थाको अनुगमन गर्नुभएको हो । महेन्द्र राजमार्ग अन्तरगत भालुवाङ देखी सिङे क्षेत्रको सडक वर्षा सँगै खाल्टा खुल्टी पर्दा दुर्घटनाको जोखिम बढ्दै गएकोले मर्मतका लागि अनुगमन गरिएको हो ।

अनुगमन पश्चात् राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ तथा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख निरज शाक्य बिच बिग्रिएको सडक तत्काल मर्मत सुरु गर्ने योजना निर्माण गरिएको छ ।

सडकको अवस्था अनुगमनको क्रममा उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नं १ का वडा अध्यक्ष तारा बहादुर डिसी लगायतको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्