राष्ट्रको नाममा सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिने



सैघाली खबर
काठमाडौं,३ फागुन

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्वोधन गर्दै राजीनामादिने तयारी गर्नुभएको छ । उहाँले आजनै अन्तिम मन्त्रीपरिषद् बैठक पनि बोलाउनुभएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठकमा छलफल भएपछि उहाँले राष्ट्रको नाममा सम्वोधनगर्दै राजीनामादिने तयारी गर्नुभएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  बताउनुभयो ।

संविधानविद् डा. विपिन अधिकारीका अनुसार निर्वाचन आयोगले राष्ट्रपति समक्षनिर्वाचनको मत परिणाम बुझाएपछि नयाँ सरकार गठनको प्रकृया सुरु हुन्छ । संविधान अनुसार नै नयाँ सरकारलाई मार्ग प्रशस्तगर्न प्रधानमन्त्री देउवाले राजीनामा बुझाउन लाग्नुभएको हो । निर्वाचन आयोगले गएरातिनै राष्ट्रपति समक्ष प्रतिनिधिसभा निर्वाचको अन्तिम मत परिणाम बुझाइसकेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्