अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न प्रचण्डको आग्रह



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि तत्काल पहल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले दक्षिण एसियाली मुलुक अफगानिस्तानमा विकसित राजनीतिक घटनाक्रमप्रति आफू र आफ्नो पार्टी गम्भीर रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्

‘हाल दक्षिण एसियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपातकालीन अवस्थामा सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस्। यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु,’ उनले भनेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्