प्रदेश २ का प्रदेश प्रमुख राजेश पदमुक्त , हरिशंकर मिश्र नियुक्त



सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ । 

तिलक परियारलाई हटाउँदै तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत २०७७ फागुन ७ गते झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो ।

महोत्तरीका काँग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी काँग्रेसका संस्थापक नेता रामनारायण मिश्रका छोरा हुन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्