दलित आयोगद्वारा दलित समुदायबाट पण्डित नियुक्त भएका लक्ष्मण रम्तेललाई सम्मान 



राष्ट्रिय दलित आयोगले दलित समुदायबाट पण्डित नियुक्त भएका लक्ष्मण रम्तेललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष देवराज विश्वकर्मा र पण्डित दिनबन्धु पोखरेलले एक कार्यक्रममा खादा दोसल्लासहित उनलाई सम्मान गरेका हुन् ।

गोदामचौरमा पण्डित दिनबन्धु पोख्रेलले एक विशेष कार्यक्रमका बिच दलित समुदायका सोही गाउँ निवासी लक्ष्मण रम्तेललाई गणेश मन्दिरको मुख्य पुजारी नियुक्त गरे सँगै यो विषय निकै चर्चाको विषय नै बनेको छ ।

लामो समय देखि समाज परिवर्तन र धार्मिक सुधारमा लागेका पण्डित दिन बन्धु पोख्रेलले धर्मकै नाममा केही धर्मका खोल ओढेका धार्मिक गुरुहरूबाट दलित समुदायलाई धार्मिक रूपमा भएका विभेदलाई हटाउन निकै प्रयासमा लागेका छन् ।  यसै बिच लक्ष्मण रम्तेललाई पण्डित नियुक्त गरेको पोख्रेल बताउँछन् ।

सामाजिक सञ्जालमा कतै आलोचना , कतै प्रशंसा भइरहेकै बेला राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा सहित आयोगका पदाधिकारी गोदावरी , गोदामचौरमा गएर समान गरेका छन्  ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले समाजमा रहेका विभेद विरुद्ध विभिन्न सामाजिक सङ्घ संस्था सँग सहकार्य गर्ने भन्दै दलितको मात्र समस्या होइन, यो गैर दलितको पनि  समस्या हो र यो समस्या हल गर्न गैर दलित आफै लाग्नु पर्ने बताउँदै , धार्मिक सुधारको लागि दिनबन्धु पोख्रेलले जुन कदम चाल्नु भयो यो सराहनीय भएको बताउँदै आयोगले समान गरेको बताए ।

पुजारी रम्तेलसँगै पण्डित दिन बन्धु पोख्रेल , समाजसेवी अर्जुन रानालाई आयोगले दोसल्ला ओढाइ समान पत्रले समान गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्