काठमाडौँ । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा रोजगारीका लागि नेपाली पठाउने म्यानपावर कम्पनीलाई सम्पूर्ण विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।
विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार अफगानिस्तानमा हाल दुई म्यानपावर कम्पनीबाट गएका श्रमिक मात्र रहेका छन्। रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीको अवस्थाबारे यकिन विवरण जानकारीमा राख्न तथा उद्धारका लागि पहल गर्न म्यानपावर कम्पानीहरुलाई निर्देशन दिइएको निर्देशक भट्टराईले बताए ।
उनका अनुसार अफगानिस्तानको कुन ठाउँमा कुन अवस्थामा नेपालीहरू छन् भन्ने जानकारी लिने र त्यसले उनीहरूको उद्धार गर्न सहज हुने छ। हाल अफगानिस्तानमा विद्रोही सङ्गठन तालिवानले विभिन्न सहरहरू नियन्त्रणमा लिन थालेकाले विभिन्न देशले आ–आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।