कुलमान घिसिङको नियुक्ति पुनर्बहाली गर्न माग गर्दै हितेन्द्रदेव शाक्य पुगे सर्वोच्चमा



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । उनले सोमबार विद्युत् प्राधिकरणमै पुनर्बहाली गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दायर  गरेका हुन् । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् ।

  उनले घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय र सो निर्णयको आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगराउन पनि माग गरेका छन् ।  प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, ऊर्जा सचिव तथा ऊर्जा आयोगलाई विपक्षी बनाएर मुद्दा रिट दायर गरेका हुन् । 

उनले आफूलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आधिकारिक पत्र नआएको पनि रिटमा उल्लेख गरेका छन् । कुलमान घिसिङलाई कार्यकारी प्रमुखमा ल्याएर सरकारले आफ्नो अधिकार हनन गरेको उनले निवेदनमा दाबी गरेका छन् । शाक्यकै मन्जुरीमा कुलमान घिसिङले बुधवार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको पद बहाली गरेका  थियो । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्