महाराजगन्ज – तौलिहवा सडक खण्डमा खाल्डाखुल्डी भए पछि सर्वसाधारणलाई सास्ती (फोटो सहित)



धनी राम कोरी कपिलवस्तु : कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका को सडक देखि तौलिहवा सम्म जोड्ने लगभग १० किलोमिटर सडक मा खाल्डाखुल्डी भएर सडक को अवस्था जीर्ण बन्दै गएको छ । महाराजगन्ज देखि तौलिहवा सडक खण्डमा बस , कार , टिप्पर , ट्रक , अाटाे रिक्सा , मोटरसाइकल , साइकल र पैदल बाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरू आउने जाने गर्छन् ।

महाराजगन्ज देखि विजगाैरी हुँदै कपिलवस्तु जिल्ला को सदरमुकाम मा जोड्ने सडक को अवस्था जीर्ण बनेको छ । उक्त सडकमा वडा अध्यक्ष , पालिका प्रमुख , प्रदेश सभा सदस्य र राष्ट्रिय सभा सदस्य जस्तो जनप्रतिनिधिहरू हिँड्ने बाटो हो । यो मर्मत सम्भार को लागि खासै चासो देखिएको पाइँदैन । सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।

सडक को बिचबिच भाग मा खाल्डाखुल्डी भएर पानी जमेकाे छ । यो सडकमा सवारी दुर्घटना धेरै हुन सक्ने सम्भावना भएको छ । यो सडक मा हिँड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको छ । सडक मर्मत सम्भार मा स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको पाइँदैन । सडक निर्माण गरेर मात्र हुँदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मी को समयमा धुलाेधुलाे हुने अनि वर्षा को समयमा सडक को बिच भाग मा भएको खाल्डा खुल्दी मा पानी जमेर सडकमा आवाज जा वात गर्न निकै नै समस्या भइरहेको एक जना युवाले बताए ।

सडकको मर्मत सम्भार नभएको कारणले गर्दा सडकको छेउछाउमा पानी जम्ने , सडकको बिच भागमा खाल्डाखुल्डी भएर पानी जम्ने भएको कारणले निकै समस्या रहेको महाराजगन्ज देखि तौलिहवा सडक मर्मतको लागि जनप्रतिनिधिहरू ध्यान जना अवश्य रहेको स्थानीय बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्