दलित अगुवा नेपालीको निधन



सैघाली खबर
दाङ, ३ फागुन । दलित अगुवा बेलबहादुर नेपालीको निधन भएको छ । तुलसीपुर उपमहानरपालिका १८ धरमपुर निवासी नेपालीको बुधवार दिउँसो कोहलपुरमा निधन भएको हो । लामो समय देखि विरामी रहेका नेपालीको कोहलपुर स्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । लामो समय देखि दलित आन्दोलनमा लाग्दै आउँनु भएका नेपाली दलितकै पक्षमा आवाज उठाएको भन्दै पटक पटक जेल जीवन समेत भोग्दै आउँनु भएको थियो ।

२०४१ सालबाट कम्युनिष्ट राजनिति गर्दै आएका नेपाली भुमिगत सेल्टर जीवन बिताउँनु भएको थियो । २०४६ सालमा मालेको क्षेत्रिय कमिटिको बैठक घरमै बसाले पछि तत्कालीन समयमा प्रहरीले पक्राउँ गरी २०४४ देखि २०४६ सम्म नजर बन्दमा राखेको थियो । २०१० सालमा जन्मिएका नेपाली दलित आन्दोलनका पुराना नेताका रुपमा चिनिनु हुन्छ । मृर्तक नेपालीको पार्थिब शरिरमा पुर्व सांसद तथा एमाले पोलिट ब्युरो सदस्य भागवत विश्वासी र प्रदेश नं. ५ सदस्य गिरीराज केसीले संयुक्त रुपमा पार्टीको झण्डाएर श्रञ्द्धाजली व्यक्त गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्