ओलीको आरोप – एमाले विभाजन गर्न अध्यादेश ल्याइँदैछ



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र आफ्नो पार्टीलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

सोमबार राति एक विज्ञप्ति जारी गर्दै ओलीले एमाले र सो पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र मान्य र क्षम्य हुन हुन नसक्ने स्पष्ट पारेका छन्। सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेसँगै विज्ञप्ति जारी गर्दै ओलीले सो आरोप लगाएका हुन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेर दल विभाजनका लागि एमालेकै माधव कुमार नेपाल समूहलाई सजिलो पार्नेगरी अध्यादेश ल्याउन लागेको चर्चाका बीच आलीले विज्ञप्तिमार्फत दल विभाजनसम्बन्धी षड्यन्त्र क्षम्य हुन नसक्ने बताएका हुन्।

‘केही समययता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन। तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु।’

विज्ञप्ति:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्