सञ्चारकर्मी विमल भट्टराईले लिएर आए, ‘तिमी मेरो ढुकढुकी हौ’  



सुबिन विश्वकर्मा (सुनसरी) पश्चिम नवलपरासीबाट सञ्चालित शिखा मिडिया प्रा. लि. को पहिलो प्रस्तुतिमा ‘तिमी मेरो ढुकढुकी हौ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

खेम थापाको शब्द तथा सङ्गीत रहेको गीतलाई अर्चना भट्टले स्वर दिएकी छन् । त्यस्तै, भिडियोमा कथा र निर्देशन मीन रानाको छ भने विमल भट्टराई, रेशम सुनारी र निशा सुनारीले अभिनय गरेका छन् ।

गीत ‘दर्पण टिभी नेपाल’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोलाई शिखा मिडिया प्रा.लि. ले निर्माण गरेको बताइएको छ । ‘गीतअनुसार नै भिडियोमा वियोगान्त प्रेम कथा झल्काउन खोजिएको छ’, निर्देशक रानाले थपे, ‘प्रेममा शङ्काले पार्ने प्रभावलाई मुख्य विषयवस्तु बनाउन खोजेका छौ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्