दाङ व्यापारीक तथा पर्यटन महोत्सव आज  _ महोत्सबको उपराष्ट्रपति पुनले उद्घाटन गर्ने



 

 

सैघाली खबर

दाङ ३ फागुन । “उद्योग व्यापार एवं कृषि पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने मुल नाराका साथ दाङको घोराहीमा आज देखि दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को सम्पूर्ण सुरु हुन लागेको छ ।

उद्यम शिलताको विकास , कृषि जन्य बस्तु उत्पादनका बारेमा सचेतना र संस्थागत विकास गर्ने मुख्य उदेश्यका साथ सुरु हुने महोत्सव आज देखि १३ गते सम्म संचालन हुने मुल आयोजक समितिका संयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक नारायण भुषालले जानकारी दिनुभयो ।

१ सय १३ स्टल रहेको महोत्सबमा करिब २० करोड बरावरको आर्थिक कारोवार हुने लक्ष्य आफुहले राखेको वताउँनुभयो । महोत्सब अबधिभर झण्डै ५ लाख दर्शकले अबलोकन गर्ने बताउँदै यसका लागि सबै तयारी पुरा भएको बताउँनुभयो । महोत्सबमा आउँने सम्पुर्ण सर्बसाधारणलाई उद्यमशिलताको विकासका बारेमा जानकारी दिने मुख्य उदेश्य राखेको वताउँदै त्यसका लागी स्थानिय स्तरमा उत्पादित कृषि जन्य बस्तु प्रर्दशनी राखेको समेत जानकारी दिनुभयो । संघीयतामा देश प्रवेश गरे संगै ५ नं. प्रदेशमा कृषि क्षेत्रको बृहत विकास गर्नका महोत्सबले सहयोग पु¥याउँने भुषालले जानकारी दिनुभयो । महोत्सबमा स्थानिय कला संस्कृतिको विकास र दाङमा उत्पादित घरेलु तथा कृषि जन्य बस्तुको प्रर्दशनका लागि बिशेष ध्यान दिएको उहाँले बताउँनुभयो । जिल्लाका बिभिन्न विद्यालयमा अध्यणरत बिद्यार्थीहरुले उत्पादन गरेका बिज्ञान सामग्री समेत प्रर्दशनीमा राखिको बताएानुभयो ।

महोत्सवमा जिल्लाको आर्थिक विकाससंग सम्वन्धीत अन्तरक्रिया,धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन , योग शिविर तथा धार्मिक थारु मगर, नेवार मुस्लीम , यादव जातिको खानाको परिकार, जातिय पहिचान झल्काउने सांस्कृतिक नृत्य तथा झाँकी ,खुल्ला वाल कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता , प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता लगायतका बिभिन्न साहित्यक कार्यक्रमहरुको समेत आयोजना गरिने भएको छ ।

महोत्सबको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने
व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ को उद्घाटन उपराष्ट्रिपति नन्दबहादुर पुन ले गर्नु हुने भएको छ । आज दिउँसो महोत्सबको उद्घाटन गर्ने कार्यक्रम तय भएको मुल आयोजक समिति संयोजक नारायण भुषालले जानकारी दिनुभयो उपराष्ट्रपति दाङ आउँदै गर्दा जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । राष्ट्रपतिका लागि आबश्यक पर्ने सम्पुर्ण सुरक्षा व्यवस्था तयार परेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवको उद्घाटनको पहिलो दिन महोत्सव स्थलमा प्रवेश निशुल्क गरिएको छ । महोत्सव स्थलमा प्रवेशका लागि अन्य दिन भने सर्वसारणका लागि ५० र विद्यार्थीकोहरुका लागि भने परिचयपत्रको आधारमा ३० रुपैया तोकिएको अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

हेलीकप्टरबाट दाङ देखि रारा सम्मको अबलोकन
महोत्सब अबधिभर हेलिकप्टर बाट दाङ देखि रारा सम्मको अबलोकन गराईने भएको छ ।धार्मिक एवं पर्यटकिय क्षेत्रको विकासका लागि यी क्षेत्रको अबलोकन गराईने भएको प्रचार प्रसार उप समितिका संयोजक माया पोखरलले बताउँनुभयो । हेलिकप्टर मार्फत दाङको धारपानी प्युठानको स्वर्गद्धारी, रुकुमको स्याफु जलजला, हुदै रारा सम्मको यात्रा गराउँने तयारी समेत रहेको पोखरेललेको भनाई छ । त्यसका लागि घोराही देखि धारपानी सम्मका लागि ४ हजार ५ सय दाङ स्वर्गद्धारी १० हजार ५ सय, स्याफु २४ हजार र दाङ रारा सम्मका लागि १ लाख ९५ हजार रुपैयाँ टिकटको व्यवस्था समेत गरिएको पोखरेललेको भनाई छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्